परिवर्तन संघ
  • घरपृष्ठ (current)

आजको आवश्यकता परिवर्तन
प्रस्तावना

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै हाम्रो देश नेपाल नयाँयुगमा प्रवेश गरेको छ। यो व्यवस्थाको मर्मअनुसार के साँच्चै नै हाम्रो देश नेपालले लक्ष्य प्राप्त गर्न सकेको छ त? वास्तवमा जुन मर्म र उद्देश्यका साथ संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना अभियान थियो त्यसको मूलबाटोबाट हाम्रा पाइलाहरू कतै बिमुख भएको पो हो कि भन्ने भन आमनागरीकलाई भएको देखिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जुन गतिमा हाम्रो देशको विकास हुनुपर्ने थियो त्यो हुन नसकेको कारण आज देशको युवा जनशक्तिहरू लागूऔषध प्रयोगकर्ता र ओसार पसारमा अत्यधिक संलग्न भएको पाइएको छ। एकातिर युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो छ भने अर्कोतिर स्वदेशमै रहेका युवाहरू लागूऔषधको शिकार बनिरहँदा देशको भविष्य कस्तो छ भन्ने डिंको भम्जाइ चर्लङ्ग छ।

यसको पूर्णरूपमा निर्मूलीकरण गर्न नसकेता पनि न्यूनीकरण भने अवश्य गर्न सकिन्छ तर त्यसको लागि औपचारिकता निभाउनलाई मात्र गरिने कार्यक्रम हुनु हुँदैन। यसको निम्ति दीर्घकालीन अभियान नै चलाउन जरुरी छ। तसर्थ यस संस्था बालबालिका, युवा एवम् अभिभावकहरूसँग सम्बन्धित रहेर कार्य गर्न निर्मित संस्था हो। नेपाल सरकारले पनि युवाहरूलाई लक्षित गरी विभिन्न कार्यहरू गर्दै आइरहेकै छ जसमा खेलकुद मुख्य अस्त्र हो। खेलकुदले शारीरिक एवम् मानसिक दुवै तन्दुरुस्त पनि बनाउने हुनाले यसैको माध्यमद्वारा देशका युवा जनशक्तिहरूलाई सबल र सक्षम बनाई देश निर्माणको निम्ति उद्धत गराउन परिवर्तन संघले विशेष रूपमा खेलकुदलाई प्राथमिकतामा राखेको छ।

जुन देशका युवाहरू शारीरिक एवम् मानसिक रूपमा स्वस्थ हुन्छन् त्यो देश अवश्य पनि विकासित हुन्छ तर जुन देशका युवाहरू शारीरिक एवम् मानसिक रूपमा कमजोर रोगी अस्वस्थ हुन्छन् त्यो देशको अवस्था पनि सोही अनुरूप हुने हुँदा खेलकुदको माध्यमबाट युवाहरूलाई देशको भविष्य निम्ति तयार पार्ने अभिप्रायका साथ उघारिएको संस्था हो। घर नै बालबालिकाहरूको पहिलो पाठशाला हो यसर्थ घरमा आमाहरू सामाजिक एवम् आर्थिक रूपमा सक्षम र सबल भए बालबालिका पनि सोही अनुरूप विकासित हुनेछ भन्ने ध्येयले महिला, आमा , दिदी, बहिनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। यो संस्था जिल्ला प्रशासन कार्यालय सुनसरीको संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०३४ बमोजिम दर्ता गरिएको हो।

Copyright © 2025 All Rights Reserved By Pariwartan Sangh